गान्तोक,। सिक्किममा हुन लागिरहेको लोकसभा चुनाउको निम्ति विभिन्न राजनीतिक दललगायत स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। यसपल्ट लोकसभा चुनाउको निम्ति कूल 14 जनाले आफ्नो उम्मेद्वारिता दिएका छन्।
यसमा छजना विभिन्न राजनीतिक दलका उम्मेदवार सामेल रहेका छन् भने आठ स्वतन्त्र उम्मेदवार रहेका छन्। महिला उम्मेदवारको संख्या केवल एक रहेको छ।
भाजपाले दिनेशचन्द्र नेपाल, एसडीएफले पीडी राई, कांग्रेसले गोपाल छेत्री, एसकेएमले इन्द्रहाङ सुब्बा, सीएपी सिक्किमले भरत बस्नेत र एसआरपीले खड्का बहादुर राईलाई उम्मेदवार बनाएको छ।
स्वतन्त्र उम्मेदवारहरूमा बीना राई, लातेन छिरिङ शेर्पा, मधुकर ढकाल, नवीन किरण प्रधान, रवि चन्द्र राई, रुद्रमणि प्रधान, शम्भु छेत्री र श्यामल पल रहेका छन्।
उल्लेखनीय छ, सिक्किममा आगामी 19 अप्रेलको दिन मतदान प्रस्तावित छ। राज्यमा विधानसभा चुनाउको मतगणना 2 जूनमा हुनेछ भने लोकसभा चुनाउको मतगणना 4 जूनमा हुनेछ।
