• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > काम हातमा लेउ, पूरा गर र बिर्सिदेउ, मूल्याङ्कान जनताले गर्नेछ- नितिन गडकरी
National

काम हातमा लेउ, पूरा गर र बिर्सिदेउ, मूल्याङ्कान जनताले गर्नेछ- नितिन गडकरी

CliQ INDIA
Last updated: March 28, 2024 5:59 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

नागपुर, केन्द्रिय सड़क परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीको भऩाई छ, कुनैपनि काम हातमा लिन्छौं भने त्यसलाई अवश्य पूरा गर। यसपछि बिर्सिदेउ। तपाईको कामको मूल्याङ्कन गर्नु जनता र मीडियाको काम हो। लोकसभा चुनाउको बिगुल बजेपछि गडकरीको आफ्नो गृह जिल्ला नागपुरमा सक्रियता दोबर भएको छ। आफ्नो व्यस्त कार्यक्रमहरूबाट समय निकालेर उनले ‘हिन्दुस्थान समाचार’ सित विशेष कुराकानीमा कार्यशैलीमाथि सोधिएको प्रश्नको जवाफमा यो टिप्पणी गरेका हुन्।

केन्द्रिय राजनीतिमा आउन अगाड़ी गडकरी 2009 देखि 2013 सम्म भाजपाको अध्यक्ष थिए। यसअघि 1995 देखि 1999 सम्म महाराष्ट्रमा पीडब्ल्यूडी मन्त्रीको रूपमा उनले काम गरे। उनको कामलाई माइलखुट्टी मानिन्छ। तर आफ्नो कामलाई लिएर उनको केही छुट्टै विचार छ। उनले भऩे, मानिसले पैसा, पद र प्रतिष्ठाको पछाड़ी भाग्नमा आफ्नो पूरा जीवन बताउँछ। यी सबै कुरा अस्थायी हुन्छऩ्। व्यक्तिको स्वभाव र काम नै उसको असली पहिचान हुन्छ। एक मन्त्रीको रूपमा उनले जब कुनैपनि विकास परियोजनाको शुरूआत गर्छन् तब उसलाई केहिलेपनि अधूरो छाँड्दैनन्। काम पूरा गरेपछि त्यसलाई बिर्सिन्छन्। राजनेताहरूले कहिलेपनि आफूलाई लिएर भ्रम पाल्नुहुँदैन। नेताहरूको कामको मूल्याङ्कन गर्ने दायित्व जनता र मीडियाको हो।

संविधान देशको आत्मा

गडकरी भन्छन्, उनले सदैव राजनीतिदेखि अगाड़ी गएर काम गरेका छऩ्। भाजपाले उनलाई सबैसित न्याय गर्नु सिकाएको छ। विकासको काम राजनीतिमा हुनु हुँदैन अन्यथा सबै डुब्छ। सोशल मीडियामा संविधान बदली हुने चर्चामा उनले भने, डा. अम्बेडकरको संविधान हाम्रो सम्मान हो। समाजमा समानता स्थापित गर्नु हाम्रो जीवनको दृढ़ विश्वास हो। संविधान बदली गर्ने प्रश्न नै उठ्दैन। जसले देशमा एमरजेन्सी लगाएर संविधानलाई तोड्ने काम गरे, उसले हामीबारे दुष्प्रचार गरिरहेछ। उनीहरूले भन्छन्, भाजपाले संविधान समाप्त गर्नेछ, आरक्षणलाई समाप्त गर्नेछ। कांग्रेसले जनतालाई आफूतिर आकर्षित गर्न सक्दैन, यसैले जनतालाई आरक्षण र संविधानको नाममा भ्रमित गर्ने काम गरिरहेछ।

व्यक्तिको पहिचान उसको कामबाट हुन्छ

गडकरीले भने, व्यक्ति आफ्नो जाति, पन्थ, भाषा, लिङ्ग र पार्टीको कारण ठूलो हुँदैन व्यक्ति आफ्नो काम र गुणवत्ताले ठूलो हुन्छ। राम्रो काममाथि कसैको पेटेन्ट हुँदैन। यसैले मैले ईमानदारीको साथ 50 लाख करोड़ रूपियाँको काम गर्नसके। कसैले ममाथि भ्रष्टाचारको आरोप लगाउन सक्दैन। यदि कुनै व्यक्तिले काम गर्न मलाई पैसा दिन पऱ्यो भन्छ भने म राजनीति छोड्नेछु। म यसको निम्ति तयार बस्छु। राजनीतिमा जनताको प्रेम र विश्वास नै सबैभन्दा ठूलो पूञ्जी हो।

अधिकारहरूको सीमा निर्धारित होस्

प्रायः सकारात्मक रहने गडकरी सरकारी अधिकारीहरूको व्यवहारसित खासै रुष्ट नजर आए। उनले भऩे, अधिकारहरूको सीमा निर्धारित हुनुपर्छ। 1980 को फरेस्ट कन्जर्भेशन एक्टले अधिकारीहरूलाई आवश्यकताभऩ्दा धेरै अधिकार दिएको छ। उनले उत्तराखण्डको उदाहरण पेश गर्दै भने, राज्यमा 10 हजार करोड़ रूपियाँको काम वन र पर्यावरण विभागको एनओसी नपाइएको कारण थातीमा छ। यदि सम्बन्धित अधिकारीहरूले आफ्नो जिम्मेवार पूरा गरिदिएको भए यो विकास कार्य अहिलेसम्म पूरा भइसक्नेथियो। यसैले पर्यावरणको ध्यान राख्नु धेरै जरूरी छ तर पुराना भइसकेका कठोर कानूनहरूलाई बदली गर्ने आवश्यकता छ।

इलेक्टोरल बन्डको मनसाय राम्रो

केन्द्रिय मन्त्री गडकरीले देशमा चर्चाको विषय बनेको इलेक्टोरल बन्डमाथि आफ्नो विचार पोख्दै भने, कुनैपनि पार्टी पैसाबिना चल्दैन। केही देशहरूमा सरकारहरूले राजनीतिक दलहरूलाई फण्डिङ गर्छन्। हाम्रो देशमा यस्तै कुनैपनि व्यवस्था छैन। यसैले हामीले 2017 मा राम्रो मनसायको साथ इलेक्टोरल बन्ड योजना लिएर आएका थियौं। इलेक्टोर बन्ड शुरू गर्नुको पछाड़ी मुख्य उद्देश्य थियो कि राजनीतिक दलहरूले सीधा धन पाओस् तर दानदाताहरूको नामको खुलासा गरिनेछैन। कारण यदि सत्तामा पार्टी बदली हुन्छ भने समस्या उत्पन्न नहोस्। पारदर्शिता ल्याउन हामीले चुनावी बन्डको व्यवस्था गऱ्यौं। हाम्रो मनसाय राम्रो थियो। यदि सुप्रीम कोर्टलाई यसमा कुनै कमी नजर आउँछ र हामीलाई यसमा सुधार गर्नु भनिन्छ भने सबै दलको साथ बसेर सर्वसम्मतिले यसमाथि विचार गर्नेछौं।

अखिल भारतीय विद्यार्थी परिषदको सामान्य कार्यकर्ताको रूपमा आफ्नो राजनीतिक जीवन शुरू गर्ने नितिन गडकरीलाई नागपुरको सुख-दुःखको साथी भनिन्छ। गडकरी नागपुरलाई आफ्नो संसदीय क्षेत्र होइन घर ठान्छन। फलस्वरूप प्राकृतिक आपदा र कोरोना जस्तो महामारीको समय उनले त्यो सब गरे जुन एक सदस्यले आफ्नो परिवारको निम्ति गर्छ। यसैले गर्दा जनताले पनि उनलाई आफ्नै ठान्दछ। फलस्वरूप गडकरी आफ्नो जितलाई लिएर आश्वस्त नजर आउछन्।

 

You Might Also Like

सर्वोच्च अदालतले व्यावसायिक गतिविधिका लागि दुरुपयोग गरिएका आवासीय क्षेत्रहरूमा जयपुर सिभिक सर्वेक्षण गर्न आदेश दियो।
प्रधानमन्त्रीले विश्व रेडियो दिवसको अवसरमा शुभकामना दिए | BulletsIn
प्रधानमन्त्रीले दूरदर्शनको ‘सुप्रभातम्’ कार्यक्रमलाई भारतीय संस्कृतिको संगम बताए
आयकर विभागले छत्रपति सम्भाजीनगरमा एकसाथ 11 स्थानमा छापा माऱ्यो
तीन राज्यका भाजपा पर्यवेक्षकहरूमा राजनाथ सिंह, मनोहर लाल खट्टर एवं अर्जुन मुण्डाको नाम घोषित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारत-म्यान्मार सम्बन्ध: गहिरो संलग्नता को लागि आह्वान
Next Article ममताले दिइन् गुड फ्राइडेको शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?