गुवाहाटी, फरवरी: गुवाहाटी शहरमा दुई हजार सीसीटीभी क्यामरा जड़ान गरिनेछ। राज्यका शहरी विकास आदि मामिलाका मन्त्री अशोक सिंघलले सदनमा बताए, गुवाहाटीका विभिन्न स्थलहरूमा दुई हजार सीसीटीभी क्यामरा जड़ान गरिनेछ। यी सबै क्यामराहरू यसै वर्ष जड़ान गरिनेछ। सीसीटीभी जड़ान गरिएपछि गुवाहाटीका तमाम गतिविधिहरूमाथि निगरानी राख्न सकिन्छ। स्वभाविक रूपमा थाहा लाग्नेछ कि कसले नदी-नालाहरूमा मैला-कुचैला फालिरहेका छन्।
मन्त्री अशोक सिंघलले आज असम विधानसभाको बजेट सत्रमा विधायक रमेन्द्र नारायण कलिताको गुवाहाटीका नदीहरूको अवस्थासित सम्बन्धित प्रश्नहरूको उत्तर दिरहेका थिए।
विधायक कलिताले प्रश्न उठाए, गुवाहाटी शहर भएर बग्ने तीन मुख्य नदीहरू क्रमैले भरलु, मरा भरलु र बाहिनीमा शहरको मैला-कुचैलाहरू बग्ने तथा मैला-कुचैलाहरू फाल्ने गरेको कारणले यी सबै नदीहरू नालामा रूपान्तरित भएका छन्। सरकारले यसलाई रोक्नको लागि के-कस्तो कदमहरू उठाइरहेको छ? विधायकले विभिन्न स्थानहरूमा सीसीटीभी क्यामरा जड़ान गर्ने सल्लाह पनि दिए।
आफ्नो उत्तरमा मन्त्री सिंघलले भने, उनी सानो छँदा भरलु नदीमा स्नान गर्न जाने गर्दथे। आज त्यै नदी नालामा परिणत भएको छ। उनले भने, भरलु, मरा भरलु, बाहिनी नदी तथा लक्षीजान आदि नदीहरूको नाला जस्तै स्थिति यसकारणले भएको हो किनभने समय छँदै यी नदीहरूलाई बचाउन उचित व्यवस्था गरिएन।
उनले भने, राज्य सरकारलाई यसलाई पुनर्जीवित गर्ने चेष्टा गरिरहेको छ। वर्ष 2024-25-मा सरकारले एटीपी प्लान्ट स्थापना गर्ने योजनामाथि काम गरिरहेको छ। यो योजना सफल भयो भने शहरको फोहोर एवं मैला-कुचैलाहरू नदीहरूसम्म पुग्नेछैन जसबाट केही हदसम्म नदीहरू सफा हुनेछन्। मन्त्रीले भने, शहरको मैला-कुचैलाको समाधानको निम्ति मैला उठाउने व्यवस्था शुरू गरिसकिएको छ जसलाई सफल बनाउनको लागि गुवाहाटीका नागरिकहरूले काम गर्नुपर्छ।
उनले भने, विधायक रमेन्द्र नारायण कलिताले जीएमसीको सल्लाहकारको रूपमा काम गरिरहेका छन्। उनले यस दिशामा समय-समयमा सरकारलाई उचित परामर्श दिनुपर्छ। गुवाहाटीलाई सफा राख्नको लागि विभिन्न प्रकारका योजनाहरूमाथि कार्य भइरहेको छ।
