नयॉं दिल्ली, 10 फरवरी : बजेट सेशनको अन्तिम दिन केन्द्रिय मन्त्री अनुराग ठाकुर शनिवार संसदमा भगवा रंगमा देखिए। उनले एउटा भगवा रंगको हुडी लगाएका थिए, जसमा ‘नमो ह्याट्रीक’ लेखिएको थियो।
केन्द्रिय मन्त्रीले मिडियासॅंग कुराकानी गर्दै भने, ‘प्रधानमन्त्री मोदीले ह्याट्रीक लगाउने छन् र भारतलाई संसारकै तेस्रो सबैभन्दा ठूलो अर्थ व्यवस्था बनाउने छन्।’ उनले भने, ‘यसपाली मोदी सरकार तेस्रो पल्ट चुनिएर आएपछि देशका गरीबहरूको अझ कल्याण गर्नेछन्।’
लोकसभा चुनाउको बारेमा अनुराग ठाकुरले भने, ‘पार्टी गरीबहरूको कल्याण र देशको विकासलाई लिएर जनताबिच जानेछ। राम मन्दिर हाम्रो निम्ति आस्थाको केन्द्र थियो, छ अनि रहनेछ। राजकीको आशीर्वाद पहिला पनि थियो र आगाडि पनि रहनेछ। हामीले तारिक घोषणा गऱ्यौं र राम मन्दिरको निर्माण गऱ्यौं।’
