नयाँ दिल्ली, 11 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार स्वतन्त्रता सेनानीद्वय आचार्य कृपलानी र मौलाना अबुल कलाम आजादलाई उनीहरूको जयन्तीमा स्मरण गरे।
प्रधानमन्त्री मोदीले कङ्ग्रेसका पूर्व अध्यक्ष औ समाजवादी नेता आचार्य कृपलानीलाई उपनिवेशवादविरूद्ध भारतको साँचो लड़ाईँका साँचो प्रकाश स्तम्भको रूपमा स्मरण गरे। उनले एक्स पोस्टमा भने- ‘लोकतन्त्र तथा सामाजिक समानतालाई सुदृढ़ बनाउनका लागि उनले गरेका अथक परिश्रमले हाम्रो देशको ताना-बानामाथि स्थायी छाप छोड़ेको छ। उनको जीवन र कार्य सदैव स्वतन्त्रता अनि न्यायका मूल्यहरूलाई कायम राख्नमा समर्पित थियो।’
प्रधानमन्त्री मोदीले मौलाना आजादलाई उनको जयन्तीमा याद गरे। मोदीले भने, मौलादना आजाद एक प्रकाण्ड विद्वान, भारतको स्वतन्त्रता सङ्ग्रामका स्तम्भ थिए भने शिक्षाप्रति उनको प्रतिबद्धता सराहनीय थियो।
एक एक्स पोस्टमा प्रधानमन्त्रीले भने- ‘मौलाना आजादलाई उनको जयन्तीमा याद गरिरहेको छु। एक गहन विद्वान औ भारतको स्वतन्त्रता सङ्ग्रामका स्तम्भ, शिक्षाप्रति उनको प्रतिबद्धता सराहनीय थियो। आधुनिक भारतलाई आकार दिनमा उनले गरेका प्रयासहरूले धेरैजना मानिसहरूलाई मार्गदर्शन गरिरहनेछ।’
हिन्दुस्थान समाचार/उष्णता
