नयॉं दिल्ली, 07 फरवरी। प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसको डीएनएमै आरक्षणको विरोध रहेको बताएका छन्। स्वतन्त्रतापछि यदि बाबा साहब नहुनु हो भने सम्भवतः आरक्षणको व्यवस्था नै हुने थिएन भनी बताएका छन्।
प्रधानमन्त्री मोदीले बुधवार राज्यसभामा राष्ट्रपतिको अभिभाषणमाथि जवाफ दिॅंदै भने, ‘देशका प्रथम प्रधानमन्त्री पण्डित नेहरूले प्रधानमन्त्री छॅंदै राज्यका मुख्यमन्त्रीहरूलाई पत्र लेखेका थिए। त्यस पत्रमा उनले आरक्षणको विरोध गरेका थिए।’
प्रधानमन्त्रीले भने, ‘पण्डित नेहरूले त्यस पत्रमा लेखेका थिए, यदि एससी-एसटीस, ओबीसीले नोकरीमा आरक्षण पायो भने सरकारी कामकाजको स्तर झर्नेछ। उनी नोकरीमा आरक्षणको व्यवस्था चाहॅंदैन थिए। यसबाट स्पष्ट हुन्छ कि कांग्रेस शुरूदेखि आरक्षण विरोधी हो।’
