पणजी, 06 फरवरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गोवामा भारत उर्जा सप्ताह 2024 को उद्घाटन गर्दै भने, ‘यो वित्त वर्षको पछिल्लो छ महिनामा भारतको जीडीपी दर 7.5 प्रतिशतभन्दा धेरै भएको छ। भारत आज विश्वको द्रुत गतिमा बढ्दो अर्थव्यवस्था बनेको छ।’
उनले इण्डिया एनर्जी वीकको दोस्रो संस्करणमा स्वागत जनाउॅंदै भने, ‘गोवा आफ्नो आतिथ्य भावको निम्ति चिनिन्छ। गोवाले आज विकासका नयॉं प्रतिमानहरू छोइरहेका छन्। आज जब हामी गोवामा पर्यावरणप्रति संवेदनशीलताको कुरा गर्न एकजुट भएका छौ, टिकाउ भविष्यको बारेमा कुरा गर्न लागिरहेका छौ, यसको निम्ति गोवा परफेक्ट डेस्टिनेशन हो।’
यस अघि केन्द्रिय मन्त्री हरदीप सिंह पुरीले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत वैश्विक अर्थव्यवस्थाको निम्ति विकास केन्द्र र वैश्विक उर्जाको माग केन्द्र बनिरहेको छ। यस स्थितिलाई दर्साउॅंदै केवल दुई वर्षमा एनर्जी इण्डिया एनर्जी वीक वैश्विक उर्जा क्यालेन्डरमा एक प्रमुख तारिक बनेको छ। यो वर्ष हामी समक्ष 900 प्रदर्शक छन्। यो पछिल्लो वर्षको तुलनामा 30 प्रतिशत धेरै हो।’
