हुगली, 07 फरवरी : श्रीरामपुर लोकसभा क्षेत्रमा बुधवार हुगलीकी भाजपा सांसद लकेट चट्टोपाध्यायको विरोधमा पोस्टरहरू देखियो। प्राप्त जानकारी अनुसार र वैद्यबाटी, शेवड़ाफूली औ श्रीरामपुरमा लकेट विरोधी पोस्टरहरू टाँसिएको छ। यी पोस्टरहरूमा लेखिएको छ- “केन्द्रिय नेताहरूसित अपील छ, श्रीरामपुर लोकसभामा बाहिरकी लकेट चट्टोपाध्यायलाई श्रीरामपुरमाथि नथोपोस्। श्रीरामपुरमा तृणमूललाई परास्त गर्नको लागि भूमिपुत्र चाहिन्छ।” पोस्टरको तल यो पनि लेखिएको छ- ”कृपया हामीलाई तृणमूल वा कंग्रेस नभनियोस्, हामी भाजपा कार्यकर्ता हौं।”
उक्त पोस्टरलाई लिएर अहिलेघरि राजनीतिक बयानबाजी शुरू भएको छ। श्रीरामपुर सांगठनिक जिल्ला भाजपाका उपाध्यक्ष राकेजश चौधरीले बताए, यी पोस्टरहरूसित भाजपाको कुनै सरोकार छैन। सम्भावतः तृणमूल कंग्रेसको इशारामा पोस्ट टाँसिएको हो।
यद्यपि तृणमूल कंग्रेसका श्रीरामपुर शहर अध्यक्ष सन्तोष उपनाम पप्पू सिंहले भने, यो भाजपाको आन्तरिक मामिला हो। उनले भने, यसपालि श्रीरामपुरमा भाजपा चुनाउमा तेस्रो स्थानमा हुनेछ। यदि नरेन्द्र मोदी नै आएर यहाँ चुनाउ लड़े पनि श्रीरामपुर सीटमा भाजपा तेस्रो नम्बरमै रहनेछ।
