कोलकाता, 30 जुलाई (हि.स.)। राज्यभरि नै मनसुन फेरि एकपटक सक्रिय भएको छ। बंगालमा सक्रिय चक्रवातीय परिसंरचन तथा निम्नचाप रेखाको कारण बुधवार बिहानदेखिकै कोलकाता लगायत दक्षिण बंगालका जिल्लाहरूमा बादल लाग्नको साथै रोकिँदै पानी परिरहेको छ। भारतीय मौसम विभागको कोलकाता केन्द्रले आज बिहान दुई पटक यल्लो अलर्ट ज ारी गर्दै जनसाधारणलाई सतर्क रहने सल्लाह दिएको छ।
मौसम विभाग अनुसार पश्चिम बंगालमाथि एक चक्रवाती परिसंचरण बनिएको छ भने निम्नचाप रेखा उत्तर-पूर्ब अरब सागर हुँदै गुजरात, मध्यप्रदेश, झारखण्ड, छत्तीसगढ़ र पश्चिम बंगाल भएर पश्चिम बंगलादेशसम्म फैलिएको छ। यही दोहोरो मौसमी सिस्टम बंगालमा वर्षा अनि मेघ गर्जनको मुख्य कारण बनिरहेको छ।
कोलकातामा बुधवार दिनभरि बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। अधिकतम तापमान 30 डिग्री सेल्सियस र न्यूनतम तापमान 25.7 डिग्री सेल्सियस लगभग दर्ता गरियो। शहरमा बितेको 24 घण्टाभित्रमा 36 मिलीलीटर वर्षा दर्ता गरियो। आद्रताको स्तर अधिकतम 100 प्रतिशत र न्यूनतम 89 प्रतिशतम्म पुगेको छ। मौसम विभागको भनाइ छ, जुलाई महिनामा यसपालि पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा अधिक वर्षा दर्ता गरिएको छ।
दक्षिण बंगालका जिल्लाहरू जस्तै पूर्व र पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद, नदिया, उत्तर औ दक्षिण 24 परगनामा आगामी 24 घण्टाको अवधिमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। यी क्षेत्रहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ। विभागले चेताउनी दिएको छ, बिहीवार साँझसम्ममा केही राहत पाउन सकिन्छ, तर अत्यधिक नमीको कारणले बाफिने गर्मीले मानिसहरूलाई असुविधा हुनसक्छ।
उत्तर बंगालका जिल्लाहरूमा पनि घना वर्षाको प्रभाव तीव्र हुनेवाला छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ीमा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ भने अन्य रहल जिल्लाहरूमा मेघ गर्जनसँगसँगै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। आगामी शुक्रवार साँझपछि वर्षा झन् तीव्र हुनसक्छ। शनिवारदेखि सोमवारबीच दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार अनि जलपाईगुड़ीमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
