कामरूप, 03 फरवरी : दक्षिण कामरूपको सोनतलीमा हिट एण्ड रनको मामिला अघि आएको छ। सोनतलीको कलातलीमा बितेको राती एक द्रूत वेगको डम्परले बाइकलाई ठक्कर दियो। दक्षिण कामरूपको सोनतली कलातली रोडमा भएको उक्त दुर्घटनामा बाइक सवारको मृत्यु भयो। मृतकको पहिचान निसकाठमी गाउँका निवसीको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार रबिउल हुसैन नामक युवक बाइक (एएस-01डीबी-8642)-मा सवार भई सोनतली गइरहेका थिए। यसै क्रममा ढुङ्गाले भरिएको डम्पर (एएस-01एलसी-4586)-ले युवकलाई ठक्कर दिएपछि पनि टाड़ासम्म घिसार्दै लग्यो। घटनापछि डम्पर चालक र खलासी दुवैले सुइँकुच्चा ठोके। यस घटनालाई लिएर घटनास्थलमा तनाउको वातावारण सृजना भएको छ।
सूचना पाएर सोनतली पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। शवलाई पुलिसले पोस्टमर्टमको लागि पठाइदिएको छ। साथै यस सम्बन्धमा प्राथमिकी दर्ता गरी चालकको खोजी शुरू गरिएको छ।
