कोलकाता, 3 फरवरी : पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य भागहरूमा मौसम सामान्य भएको छ। यहाँको न्यूनतम तापमान सामान्यदेखि 4 डिग्री अधिक 19.6 डिग्री सेल्सियस अनि अधिकतम तापमान 25.8 डिग्री सेल्सियस दर्ता गरिएको छ। तापमान बढ़ेपछि जाड़ो हराएको छ। अलिपुरस्थित मौसम विभागद्वारा शनिवार जारी बयानमा बताइएको छ, अहिले बंगालमा दोस्रो चरणको जाड़ो शुरू भएको छैन। आगामी केही दिनसम्म सामान्य वर्षा हुनसक्छ। यसै त शनिवार आकाश सफा छ, तर आतवार र सोमवारसम्ममा सामान्य वर्षा हुने सम्भावना छ। आगामी हप्तादेखि तापमानमा बिस्तारै वृद्धि आउनेछ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा समेत राज्यका अन्य भागहरूमा पनि यसरी नै तापमान बढ़्नेछ जसकारण जाड़ोबाट राहत पाइएको छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङमा अहिले पनि सामान्य जाड़ो कायम छ, तर आगामी सातादेखि यी क्षेत्रहरूको तापमानमा परिवर्तन शुरू हुनेछ।
