नयाँ दिल्ली, 9 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार गुजरातको महात्मा मन्दिरमा तिमोर-लेस्तेका राष्ट्रपति जोस रामोस-होर्टासित द्विपक्षीय बैठक गरे।
गान्धीनगरमा आयोजित 10औं भाइब्रेन्ट गुजरात वैश्विक शिखर सम्मेलनमा भाग लिनका लागि यहाँ आएका तिमोर-लेस्तेका राष्ट्रपति डा. जोस रामोस होर्टा 8-10 जनवरीसम्म भारतको यात्रामा रहनेछन्।
प्रधानमन्त्री मोदीले भाइब्रेन्ट गुजरात शिखर सम्मेलनमा राष्ट्रपति होर्टा औ उनको प्रतिनिधिमण्डललाई उष्ण स्वागत गरे। यो दुई देशमाझका राज्य प्रमुख वा सरकार स्तरको पहिलो यात्रा हो। प्रधानमन्त्रीले फेरि एकचोटि एक जीवन्त ‘दिल्ली-दिली’ सम्पर्क बनाउने भारतको प्रतिबद्धतालाई पुष्टि गरे। गत सेप्टेम्बर, 2023- मा उनले तिमोर-लेस्तेमा भारतीय मिशन खोल्ने घोषणा गरेका थिए। उनले तिमोर-लेस्तेलाई क्षमता निर्माण, मानव संसाधनको विकास, आईटी, फिनटेक, उर्जा तथा पारम्परिक चिकित्सा एवं फार्मा सहित स्वास्थ्य सेवामा सहायता गर्ने प्रस्ताव राखे। उनले तिमोर-लेस्तेलाई अन्तरराष्ट्रिय सौर गठबन्धन (आईएसए) तथा आपदा प्रतिरोधी पूर्वाधार गठबन्धन (सीडीआरआई)-मा सामेल हुनको लागि आमन्त्रित गरे।
प्रधानमन्त्रीले तिमोर-लेस्तेलाई आफ्नो 11औं सदस्यको रूपमा सामेल गराउने आसियानले लिएको सैद्धान्तिक निर्णयको लागि राष्ट्रपति होर्टालाई बधाई दिए अऩि चाँड़ै नै पूर्ण सदस्यता प्राप्त गर्ने आशा व्यक्त गरे।
राष्ट्रपति होर्टाले शिखर सम्मेलनको निम्ति आफूलाई आमन्त्रण गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए। उनले आफ्ना विकास प्राथमिकताहरूलाई पूरा गर्नका लागि विशेष स्वास्थ्य सेवा अनि आईटीमा क्षमता निर्माणको क्षेत्रमा भारतसित सहयोग मागे। यी दुई राजनेताहरूले हिन्द-प्रशान्त क्षेत्रका क्षेत्रीय मुद्दा अनि
राष्ट्रपति होर्टाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता दिनुपर्ने मागप्रति आफ्नो सशक्त समर्थन व्यक्त गरे। दुवै राजनेताहरूले बहुपक्षीय क्षेत्रमा आफ्नो उतकृष्ट सहयोगलाई जारी राख्ने प्रतिबद्धता प्रकट गरे। प्रधानमन्त्रीले भोइस अफ ग्लोबल साउथ शिखर सम्मेलनको दुवै संस्करणमा तिमोर-लेस्तेको सक्रिय सहभागिताको सराहना गरे। यस विषयमा सहमति भयो कि ग्लोबल साउथका देशहरूले वैश्विक मुद्दाहरूमाथि आफ्नो स्थितिमा तालमेल राख्नुपर्छ।
भारत र तिमोर-लेस्तेबीचको द्विपक्षीय सम्बन्ध लोकतन्त्र औ बहुलताका साझा मूल्यहरूमाथि आधारित छ। वर्ष 2002- मा तिमोर-लेस्तेसित राजनयिक सम्बन्ध स्थापित गर्ने पहिलो देशहरूमध्ये भारत एक थियो।
हिन्दुस्थान समाचार/उष्णता
