नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आज ”वीर बालक दिवस”-को अवसरमा राष्ट्रिय राजधानीको प्रगति मैदानस्थित भारत मण्डपममा आयोजित कार्यक्रममा सहभागी भए। यस अवधि केन्द्रियमन्त्रीद्वय अनुराग ठाकुर र स्मृति ईरानी पनि उपस्थित थिए।
वीर बाल दिवस गुरू गोविन्द सिंहका पुत्रद्वय साहिबजादा बाबा जोरावर सिंह र साहिबजादा बाबा फतेह सिंहको शहादतको सम्मानमा मनाइन्छ। यस अवसरमा शबद कीर्तनसितै दुवै साहिबजादाको सौर्य अनि पराक्रमको वीरगाथा प्रस्तुत गरियो। प्रधानमन्त्री मोदीले पछिल्लो वर्षको जनवरी महिनामा दुवै साहिबजादाको पुण्यस्मृतिमा प्रतिवर्ष वीर बालक दिवस मनाउने घोषणा गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
