
बेगूसराय, 17 दिसम्बर (हि.स.)। केन्द्रियमन्त्री गिरिराज सिंहले संसदमा भएको आक्रमणलाई लिएर राहुल गान्धीमाथि तीव्र प्रहार गरेका छन्। उनले आइतवार भने, संसदमा भएको आक्रमण जस्तो संवेदनशील मुद्दालाई राहुल गान्धीले महँगी र भ्रष्टाचारसित जोड़िरहेका छन्। यस मामिलामा राहुल गान्धीले ढिलो बयान दिएका छन्।
गिरिराज सिंहले आइतवार बेगूसरायमा पत्रकारहरूसित बातचित गर्दै भने, राहुल गान्धीले यस मुद्दामा पहिला आफ्ना मानिसहरूलाई बोल्न लगाए। त्यसपछि मात्र ज्ञान बाँड़िरहेका छन्। राहुल गान्धी त यस्ता व्यक्ति हुन् जसले कहिले जेएनयूमा पुगेर अफजलको बरथीमा समर्थन गर्छन्, कहिले टुक्रे ग्याङ्गको पक्षमा उभिन्छन्। देशलाई अस्थिर बनाउने अनि नरेन्द्र मोदीलाई बदनाम बनाउने काम उनले सदैव गर्दै आएका छन्।
किसान आन्दोलनको जसरी एकपछि अर्को रहस्य उदाङ्गो भयो त्यसरी नै संसदमा भएको आक्रमणको पनि रहस्य उदाङ्गो हुनेछ। त्यसपछि राहुल गान्धीलाई टुक्रे ग्याङ्गको पक्षमा उभिएको देखिनेछ, अफजलका सहयोगीहरूको साथमा देखिनेछ। किनभने उनलाई त देश हितमा उभिएको कहिल्यै देखिएकै छैन। मोदीलाई बदनाम गर्दा-गर्दै अब त देशलाई नै बदनाम गरिरहेका छन्। किसान आन्दोलनमा उनीहरूको टुल किट कनेक्शनको खुलासा भएको थियो। त्यसरी नै संसदमा भएको आक्रमणको पनि धेरैवटा कुराहरू अघि आउनेछन्। संसदमा भएको आक्रमणलाई राजदले भाजपाको षड़यन्त्र बताएकोमा गिरिराज सिंहले भने, राजदको ज्ञानमा केही पनि भन्नु कठिन छ। यो राजदको षड़यन्त्र हो कि अन्य कसैको चाँड़ै नै राजदका नेताहरूले थाहा पाउनेछन्।
गिरिराज सिंहले मन्दिरहरूमा बलि प्रथालाई बन्द गर्नुपर्ने माग गर्नेहरू तथा सड़क किनारमा मासु बेचेकोमा विरोध गर्दै हिन्दूहरूसित अपील गर्दै भने, हलाल गरिएको मासु होइन झट्कावाला मासु खानुहोस्। देशमा हिन्दू धर्मावलम्बीहरूले धेरैवटा विषयहरूमा पुनर्विचार गर्दै आएका छन्। श्याम मन्दिरमा बलि प्रथा बन्द गरिनु कमिटीको निर्णय हो। कतिपय मानिसहरू भन्छन्, बलि प्रथा बन्द गर्नुपर्छ, बन्द गर्ने माग गर्नेहरूको मुख बकरीदमा किन खोलिँदैन। जुन एनिमल लभरहरूले स्वच्छताको आधारमा यस्तो माग गरिरहेका छन् तिनीहरूको बकरीदमा मुख किन खोलिँदैन जतिबेला लाखौं-करोड़ौं बाख्रा काटिन्छ। यस मामिलालाई सामाजिकता अनुरूप हेर्नुपर्छ र समाज अनुरूप काम हुनुपर्छ।
हिन्दुस्थान समाचार/उष्णता
