
गुवाहाटी, 08 दिसम्बर (हि.स.)। गुवाहाटीको एक अपार्टमेन्टबाट करोड़ौं रूपियाँको ड्रग्सको साथ दुई जनालाई पक्राउ गरिएको छ।
पुलिस अनुसार, शहरको हेङ्गराबारीमा बिहिवार राति शेवाली रोडस्थित गणपति एन्क्लेवमा चलाइएको एक अभियानमा 33 ग्राम कोकीन, 11.64 ग्राम एमडीएमए जफत गरियो। यो कारबाही क्राइम ब्राञ्च र दिसपुर पुलिसले संयुक्त रूपमा गरेको थियो। यस अवधि तीन मोबाइल फोन, एक चार चक्के वाहन र तीन हजार रूपियाँ नगदी पनि जफत गरियो।
पुलिसले घटनाको सम्बन्धमा दुई तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको पहिचान दिग्विजय नबिश (37) र कुन्दन ठाकुर (19) को रूपमा गरिएको छ। पुलिसले अन्य पाँच युवकलाई पनि सोधपुछको निम्ति हिरासतमा लिएको छ। घटनाको जाँच जारी छ।
हिन्दुस्थान समाचार/भवानी
