शिमला, 4 दिसम्बर (हि. स.)। राजधानी शिमलासि गाँसिएको सुन्नी थाना क्षेत्रमा सोमवार बिहान कराड़घाटमा एक पिकअप वाहन अनियन्त्रित भएर सड़कदेखि तल झऱ्यो। यस दुर्घटनामा पिकअपमा सवार छजना श्रमिकहरूको मृत्यु भयो भने अन्य छःजना गम्भीर रूपले घाइते भए। घाइतेहरूलाई आईजीएमसी अस्पतालमा पुऱ्याइएको छ।
जानकारी अनुसार पिकअप वाहनमा सवार भई 12 जना श्रमिकहरू सुन्नीदेखि मण्डी गइरहेका थिए। बिहान लगभग सात बजे कराड़घाटमा पुगेपछि यिनीहरूको वाहन अनियन्त्रित भएर सड़कदेखि तल झऱ्यो। शिमलादेखि लगभग 35 किलोमीटर टाड़ा उक्त दुर्घटना भएको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुट्यो। पुलिसले स्थानीय मानिसहरूको सहयोगमा तल झरेका मानिसहरूलाई बाहिर निकाल्यो। पिकअप सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीजनाको अस्पतालमा मृत्यु भयो। पुलिसले घाइतेहरूलाई आईजीएमसी अस्पतालमा भर्ती गरेको छ।
पुलिस अनुसार दुर्घटनाका शिकार भएका सबै श्रमिकहरू कश्मीरी मूलका हुन्। मृतकहरूमा चारजना क्रमैले फरीद, गुलाम, शब्बीर र तालिबको रूपमा पहिचान भएको छ भने अन्यको पहिचान हुन सकेको छैन। एएसपी शिमला सुनील नेगीले बताए, दुर्घटनामा पिकअप सवार जम्मू-कश्मीरका वासिन्दा छःजनाको मृत्यु भेको छ। अन्य छःजनको आईजीएमसी अस्पतालमा उपचार भइरहेको छ। मुद्दा दर्ता गरी दुर्घटनाका कारणहरूको जाँच भइरहेको पनि उनले बताए।
हिन्दुस्थान समाचार/उष्णता
