सिलगढ़ी, 04 दिसम्बर (हि.स.)। बागडोगरामा पतिले पत्नीको हत्या गरी जंगलमा फ्याकेको सनसनीपूर्ण खबर आएको छ। यद्यपि, सोधपुछपछि पतिले 20 दिनपछि आफ्नो अपराध स्वीकार गरेको छ। जसपछि बागडोगरा थाना पुलिसले आइतवार जंगलबाट कंकाल आफ्नो कब्जामा लिएको छ। मृतकको नाम सुचित्रा विश्वास हो भने आरोपित पतिको नाम महादेव विश्वास बताइएको छ।
जानकारी अनुसार, गत 13 नोभेम्बरको दिन पति महादेवले आफ्नी पत्नी सुचित्रालाई घुमाउन लगेको थियो। जसपछि पत्नीको हत्या गरी जंगलमा फ्याँकेर घर फर्क्यो। घटनापछि मृतककी दिदीले हराएकी बहिनीको हत्याको आशंका व्यक्त गर्दै बहिनीको पति विरूद्ध बागडोगरा थानामा एक लिखित शिकायत दर्ता गराइन्।
शिकायतको आधारमा बागडोगरा थाना पुलिसले महादेवसित सोधपुछ शुरू गऱ्यो र आरोपितले पुलिसलाई उल्टो-सीधा कुरा गरेर भ्रमित पार्न खोज्यो। जब पुलिसले जाँच शुरू गऱ्यो तब मृतकाको पतिमाथि पुलिसको शंका गहिरियो। यसपछि पुलिसले आरोपित पतिसित सख्तीले सोधपुछ शुरू गऱ्यो, जसपछि उसले पत्नीको हत्या गरी जंगलमा फ्याँकेको स्वीकार गऱ्यो।
आरोपितको निशानदेहीमा पुलिसले बागडोगराको एक जंगलबाट मृत महिलाको कंकाललाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। आरोपित पतिलाई पक्राउ गरी अघिको कारबाही जारी छ।
मृत महिलाको परिजनहरूले आरोपितलाई कठोर सजाय दिने माग गरेका छन्। हिन्दुस्थान समाचार/भवानी
