नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतवार) सूर्योपासनाको महापर्व छठको अवसरमा समस्त देशवासीहरूलाई शुभकामना दिए। उनले भगवान सूर्यसित हरेकको जीवनमा खुसियाली ल्याइदिने प्रार्थना गरे।
प्रधानमन्त्रीले एक्समा प्रेषित शुभकामना सन्देशमा कहा- ‘महापर्व छठको सन्ध्या अर्घ्यको पावन अवसरमा आफ्ना सबै परिवारजनहरूलाई मेरो अनन्त शुभकामना। सूर्यदेवको वन्दनाले हरेकको जीवनमा नयाँ उर्जा र नयाँ उत्साह सञ्चार गरोस्। जय छठी मइया।’
यसअघि गए शनिवार राष्ट्रपति द्रौपदी मुर्मूले छठ पूजाको अवसरमा देशवासीहरूलाई शुभकामना दिएकी थिइन्। राष्ट्रपतिले आफ्नो सन्देशमा भनेकी थिइन्- ‘छठ पूजाको शुभ अवसरमा म सबै नागरिकहरूलाई हार्दिक बधाई अनि शुभकामना दिन्छु। छठ सूर्य देवको पूजालाई समर्पित पर्व हो। यो नदि, तलाउ र पानीका अन्य श्रोतहरूप्रति श्रद्धा अनि कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो।’
हिन्दुस्थान समाचार/उष्णता
