भोपाल, 17 नोभेम्बर (हि.स.)। मध्यप्रदेशमा शुक्रवार बिहान 7 बजेदेखि विधानसभा चुनाउको लागि मतदानको प्रक्रिया शुरू भयो जुन साँझ 6 बजेसम्म यथावत रहनेछ। आम मतदाताहरूसितै भाजपा अनि कङ्ग्रेसका उम्मेद्वारहरू पनि आ-आफ्नो केन्द्रहरूमा मतदान गर्न पुगे।
मुख्यमन्त्री शिवराज सिंह चौहानले सपरिवार सीहोरको जैतमा मतदान गरे। उनले सीहोर जिल्लाको आदर्श मतदान केन्द्र जैतको शासकीय माध्यमिक शाला भवनमा मताधिकार प्रयोग गरे। मतदान गर्नअघि शिवराजले माँ नर्मदाको पूजा गरे अनि जैत गाउँको मन्दिरमा पुगेर भगवानको आशीर्वाद लिए। उनकी पत्नी साधना सिंह पनि उनीसितै थिइन्। मन्दिर बाहिर महिलाहरूले मुख्यमन्त्रीलाई रोकेर तिलक लगाइदिए। मुख्यमन्त्रीले ‘लाडली बहन’-हरूप्रति आभार व्यक्त गरे।
पूर्व सीएम कमलनाथले गरे मतदान
मध्यप्रदेश कङ्ग्रेसका मुखिया औ पूर्व मुख्यमन्त्री कमलनाथले आफ्ना छोरा नकुलनाथ र बुहारी प्रिया नाथसितै शिकारपुरमा मतदान गरे। कमलनाथले मतदान गर्नपूर्व शिकारपुरस्थित मन्दिरमा पूजन पनि गरे। त्यसपछि उनी सौंसर विधानसभाको ग्राम शिकारपुरमा मतदान गर्न पुगे।
गृहमन्त्री नरोत्तम मिश्राले दतियामा मतदान गरे
प्रदेशका गृहमन्त्री औ भाजपा उम्मेद्वार डा. नरोत्तम मिश्राले दतियामा मतदान गरे। यसअघि उनले पीताम्बरा पीठ पुगेर माँ पीताम्बरा र वनखण्डेश्वर महादेवको दर्शन गरी आशीर्वाद लिए। मिश्राले पङ्तिबद्ध भएर धुमावती माईको दर्शन पनि गरे।
खेलमन्त्रीले शिवपुरीमा गरिन् मतदान
राज्य खेलमन्त्री यशोधरा राजे सिन्धियाले शिवपुरी पुगेर मतदान गरिन्। मतदान पश्चात उनले मीडियाको पछिल्लो चुनाउ सरह यसपालिको चुनाउमा पनि प्रचण्ड बहुमत हासिल गर्ने प्रश्नको जवाफ दिँदै भनिन्, म यसपालि अस्वस्थ भएको कारणले घुम्न सकिनँ, यसैले यसपाथि टिप्पणी कसरी गरूँ! उनले भनिन्, मुख्यमन्त्री शिवराज सिंह चौहानले धेरै मिहेनत गरेका छन्। उनको मिहेनतको फल राम्रो होस् यही कामना छ। यसपालि शिवपुरी विधानसभा क्षेत्रबाट खेलमन्त्री यशोधरा राजे सिन्धियाले चुनाउ लड़िनन्। उनले आफ्नो स्वास्थ्यको कारणले चुनाउ लड़्न अस्वीकार गरेकी थिइन्।
हिन्दुस्थान समाचार/उष्णता
