नैनीताल, 17 नोभेम्बर (हि.स.)। नैनीताल जिल्लाको पतलोटदेखि अमजड़ जाने मोटर मार्गमा छिड़ाखान नजिक शुक्रवार बिहान एउटा बाइकलाई बचाउने क्रममा पिकअप वाहन गहिरो खाड़लमा झऱ्यो। उक्त दुर्घटनामा आठजनाको मृत्यु भयो भने तीनजना घाइते भए। मृतकहरूमा दुईजना महिला, दुई दम्पति र छोरा सामेल छन् भने दम्पतिको अर्को छोरा अस्पतालमा उपचाराधिन छन्। मुख्यमन्त्री पुष्कर सिंह धामीले उक्त दुर्घटनामाथि दुःख व्यक्त गरेका छन्।
जानकारी अनुसार शुक्रवार बिहान लगभग 8 बजे नैनीताल जिल्लाको सुदूरवर्ती क्षेत्र पतलोटदेखि अमजड़ जाने मोटर मार्गमा छिड़ाखान नजिक पिकअप वाहन एउटा बाइकलाई बचाउने प्रयास गर्दा खाड़लमा झऱ्यो। पिकअप वाहनमा चालक सहित एघारजना यात्रीहरू सवार थिए। दुर्घटनामा ग्राम डालकन्या पट्टी गौनियारो जिल्ला नैनीताल निवासी 38 वर्षीय धनी देवी पत्नी रमेश पनेरू, 35 वर्षीय तुलसी प्रसाद पुत्र रमेश चन्द्र र उनकी पत्नी 26 वर्षीय रमा देवी अनि 5 वर्षीय छोरा तरूण पनेरू, 51 वर्षीय देवी दत्त पुत्र ईश्वरी दत्त, 26 वर्षीय नरेश पनेरू पुत्र पूरन पनेरूको घटनास्थलमै मृत्यु भयो भने ग्राम अधौड़ा पट्टी पदमपुर निवासी 25 वर्षीय शिवराज सिंह पुत्र कुँवर सिंह र तिनका भाइ 20 वर्षीय नवीन सिंहको अस्पतालमा मृत्यु भयो। यस अतिरिक्त वाहन चालक डालकन्या निवासी वाहन मालिक 36 वर्षीय राजेन्द्र पनेरू पुत्र लाल मणि, 46 वर्षीय हेम चन्द्र पनेरू पुत्र किशनानन्द अनि 9 वर्षीय योगेश चन्द्र पुत्र तुलसी प्रसादको सामुदायिक स्वास्थ्य केन्द्र ओखलकाँडामा उपचार भइरहेको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले उक्त घटनामाथि दुःख व्यक्त गरेका छन्। उनले ईश्वरसित दिवङ्गत आत्माहरूको शान्ति एवं शोकाकुल परिवारहरूप्रति सान्तवना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
