– सरकारले रेस्क्यूको लागि हरसम्भव प्रयास गरिरहेको छ: वीके सिंह
उत्तरकाशी, 16 नोभेम्बर : उत्तरकाशीको सिल्क्यारा टनलमा फसेका 40 मजदूरहरूका परिवार, स्थानीय मानिसहरू एवं अन्य श्रमिकहरूको धैर्य आक्रोशमा परिवर्तन भइरहेको छ। सबैले सुरूङ्गको कार्यदायी संस्थालाई सौझै जिम्मेवार ठहराइरहेका छन्।
केही श्रमिकहरूद्वारा बताइँदैछ, गत 12 नोभेम्बरमा सुरूङ्गको 200 मीटर भाग पहिला सामान्य रूपमा धस्किएर तल झऱ्यो। यस ठाउँको माटो लगातार धस्किँदै गइरहेको थियो भने श्रमिकहरू भित्र काममा जाँदा आफ्नो ज्यान बचाएर बाहिर निक्लिन्थे। त्यो दिन पनि सामान्य रूपमा माटो धस्किँदा एउटा शटक्रिट मसिन र एउटा बुमर मसिनले काम गरिरहेको थियो, तर माटो धस्किनसाथ अपरेटरहरू मसिन छोड़ेर भागे जसले गर्दा दुवै मसिन त्यहीँ माटोमा पुरिए। अर्थात अब पाइपलाई प्रवेश गराउने कार्य अघि बढ़्यो भने उक्त दुईवटा मसिन पनि बाधा बन्नसक्छ।
श्रमिकहरू भन्छन्, पैह्रोग्रस्त क्षेत्रको स्थायी समाधान गर्नको सट्टा कामलाई अघि बढ़ाइयो यसै भागमा सरियाको रिब बसाइयो। 32 एमएम सरियाले माटोको भारलाई सहन गर्न नसकेपछि टनौं माटोले सुरूङ्ग भरियो। सुरूङ्गको दुई हजार मीटरदेखि एक्काइस सय मीटरसम्मको भागलाई स्थायी बनाइएको छैन। यहाँबाट माटो फाल्नसाथ फेरि अर्को माटो माथिबाट झर्छ। अहिलेघरि बाहिर बसेका मानिसहरूको आक्रोश बढ़्दै गइरहेको छ। अधिकारीहरूले उनीहरूलाई सम्झाइरहेका छन् साथै श्रमिकहरू चाँड़ै सुरक्षित बाहिर आउने आशा देखाइरहेका छन्। एसडीआरएफ, एनडीआरएफ, पुलिस पूर्ण जोश-जाँगर अनि मिहेनतको साथमा राहत अनि बचाउ कार्यमा जुटेका छन्।
बिहीवार उत्तरकाशीको सिल्क्यारा टनल साइटमा पुगेका केन्द्रिय राज्यमन्त्री जनरल (भूपू) वीके सिंहले टनलमा फसेका मजदूरहरूको परिवारसित बातचित गरी भरोसा दिलाए, सरकारले बचाउको लागि हरसम्भव प्रयास गरिरहेको छ। संयम राख्नुहोस् अनि सरकारका प्रयासहरूमा सहयोग गर्नुहोस्।
