सिलगढ़ी, 16 नोभेम्बर : फूलबाड़ी-2 नम्बर ग्राम पञ्चायत अन्तर्गत चेङ्गरबांधा क्षेत्रबाट बिहिवार एक अज्ञात महिलाको शव भेटिएपछि क्षेत्रमा हड़कम्प मचेको छ। खबर लेखिञ्जेलसम्म महिलाको पहिचान हुन सकेको छैन।
स्थानीय सूत्रहरू अनुसार, आज बिहान सड़क छेउ सब कनालमा महिलाको शव देखियो। यसपछि एनजेपी थाना पुलिसलाई यसको सूचना दिइयो। सूचना पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस महिलाको पहिचान गर्नमा जुटेको छ।
