
नयाँ दिल्ली, 11 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसले गए शुक्रवार दक्षिणकी अभिनेत्री रश्मिका मन्दानाको डीपफेक एआई-जेनरेट भीडियोलाई लिएर बवाल मच्चिएपछि एफआईआर दर्ता गराएको छ। दिल्ली पुलिस अनुसार यस सम्बन्धमा आईपीसी- 1860- को धारा 465 र 469 तथा आईटी अधिनियम- 2000 को धारा 66सी र 66ई अन्तर्गत स्पेशल सेलले मुद्दा दर्ता गरिएको छ।
उल्लेखनीय छ कि रश्मिकाको डीपफेक भीडियोमा एउटा लिफ्टभित्र कालो कपड़ामा महिलालाई देखाइएको छ। रश्मिका मन्दाना जस्तै देखिनको लागि महिलाको अनुहारलाई एआईको सहयोगद्वारा एडिट गरिएको छ। यसमा अनुहार मन्दानाको रहेको छ भने शरीर अर्कै महिलाको छ। यसलाई पूर्ण रूपले एडिट गरिएको छ ताकि रश्मिका मन्दानाको भीडियो जस्तै देखियोस्।
यस सम्बन्धमा महानायक अमिताभ बच्चनले असन्तुष्टि व्यक्त गर्दै कानूनी कारबाहीक माग गरेका थिए। दिल्ली महिला आयोगकी अध्यक्षले स्वत: संज्ञान लिँदै गए शुक्रवार दिल्ली पुलिसलाई नोटिस जारी गरी जवाफ मागेकी थिइन्। महिला आयोगले पुलिससित आगामी 17 नोभेम्बरसम्ममा उक्त मामिलामा दर्ता प्राथमिकीको कपी, आरोपीको जानकारी अनि यस सम्बन्धमा गरिएको कारबाहीको रिपोर्ट मागेको छ।
कस्तो हुन्छ डीपफेकः कुनै रियल भीडियोमा अरूको अनुहारलाई फिट गरिएको भीडियोलाई डीपफेक भनिन्छ। यसको लागि टेक्नोलजी कोडर अनि डिकोडर टेक्नोलजीको सहयोग लिइन्छ। डिकोडरले सबैभन्दा पहिला कुनै पनि व्यक्तिको अनुहारको हावभाव र बनावटको जाँच गर्दछ। त्यसपछि अरूको अनुहारमा यसलाई लगाइन्छ। यसरी हुबहु नक्कली भीडियो र फोटो बनाउन सकिन्छ।
हिन्दुस्थान समाचार/उष्णता
