कोलकाता, 11 नोभेम्बर (हि.स.)। महानगर कोलकाता लगायत सम्पूर्ण राज्यमा अब जाडो शुरू भएको छ। मौसम विभागद्वारा शनिवार जारी एक बयानमा उक्त जानकारी दिइएको छ।
रिपोर्ट अनुसार, कोलकातामा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुगेको छ जुन सामान्यभन्दा एक डिग्री कम हो। न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रहेको छ। यस कारण राति निकै जाडो महसुस हुन थालेको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि जाडो शुरू भइसकेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि जाडो शुरू भइसकेको छ।
हिन्दुस्थान समाचार/भवानी
