गान्तोक, 10 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादकी धर्मपत्नी स्व. कमला देवीको निधनको खबरले स्तब्ध बनेको बताएका छन्।
राज्यपालले आज आफ्नो फेसबुक पेजमार्फत यस अपूर्णीय क्षतिको निम्ति शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। ईश्वरले दिवंगत आत्मालाई श्री चरणमा स्थान प्रदान गरुन् एवं उनका परिवारलाई यो दुःख सहने शक्ति प्रदान गरुन् भनी उनले प्रार्थना पनि गरेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
