– भावी सिक्किम उर्जा क्षेत्र विकास परियोजनामाथि चर्चा
गान्तोक, 09 नोभेम्बर (हि.स.)। एशियन विकास ब्याङ्क (एडीबी) को एक प्रमुख प्रतिनिधिमण्डलले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग बिहिवार बिहान मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गऱ्यो। एडीबी प्रतिनिधिमण्डलको नेतृत्व सेफगार्ड्स मिशनको टीम लीडर एम्मा फ्रान्सिस मार्सडेनले गरेकी थिइन्। यस अवसरमा सिक्किम सरकारको पावर विभागका वरिष्ठ अधिकारीहरूको पनि उपस्थित थिए।
एडीबी प्रतिनिधिमण्डलसॅंग भएको बैठक सिक्किम सरकारसँगको साझेदारीमा एडीबीबाट आर्थिक सहयोग प्राप्त गर्ने भावी सिक्किम उर्जा क्षेत्र विकास परियोजनामा केन्द्रित थियो। मुख्यमन्त्रीले परियोजनालाई सरकारको तर्फबाट समर्थन व्यक्त गर्दै यस प्रयासले यस क्षेत्रलाई पर्याप्त फाइदा पुग्ने विश्वास व्यक्त गरेको जानकारी आईपीआर विभागले प्रेस विज्ञप्तिमा दिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
