कोलकाता, 09 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा धनशोधनको जॉंच गरिरहेको ईडीले आज तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जीसॅंग सोधपुछ गर्नेछ। अभिषेकलाई नौ नोभेम्बरमा कोलकाताको आईटी शहर सल्ट लेकको सीजीओ कम्प्लेक्सस्थित केन्द्रिय एजेन्सीको क्षेत्रीय मुख्यालयमा बिहान 11 बजी बोलाएको छ।
पश्चिम बंगालकी महिला एवं बाल कल्याण मन्त्री र पार्टी प्रवक्ता शशि पांजाले बुधवार भनेकी थिइन्, अभिषेक ब्यानर्जी बिहिवार ईडी समक्ष उपस्थित हुनेछन्। उनले अभिषेक ब्यानर्जी बद्लाको राजनीतिको शिकार भएको बताइन्। उनले आगामी वर्ष हुन लागिरहेको लोकसभा चुनाउभन्दा अघि आफ्ना विरोधीहरूलाई सताउने काम भइरहेको आरोप लगाएकी छन्।
प्रदेश भाजपा प्रवक्ता शमिक भट्टाचार्यले भने, पार्टीले बद्लाको राजनीतिमाथि विश्वास गर्दैन। केन्द्रिय एजेन्सीले अदालतको निगरानीमा जॉंच गरिरहेको छ। यदि तृणमूललाई कुनै प्रकारको समस्या छ भने उनीहरू अदालत जान सक्छन्।
हिन्दुस्थान समाचार/भवानी
