आइजोल, 07 नोभेम्बर (हि.स.)। व्यापक सुरक्षा प्रबन्धहरूबिच मिजोरम विधानसभाको 40 सीटको निम्ति मंगलवार बिहान 7 बजीदेखि मतदान शुरू भएको छ। शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्न सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ।
चुनाउ आयोगद्वारा जारी सूचना अनुसार, बिहान 9 बजीसम्म राज्यमा 13.26 प्रतिशत मतदान भएको छ। दुई घण्टा अवधि सर्वाधिक मतदान हनहथियाल र लावंगतलाईमा 20-20 प्रतिशत मतदान भएको छ।
मिजोरमको सबै 40 सीटहरूको निम्ति जम्मा 174 उम्मेदवार मैदानमा छन्। मिजोरम विधानसभा चुनाउमा 8.57 लाखभन्दा धेरै मतदाताहरूले आज उम्मेदवारहरूको भाग्य निर्धारित गर्नेछन्। मिजोरममा 1276 मतदान केन्द्रहरू आज बिहान सात बजीदेखि मतदान शुरू भएको छ र सॉंझ चार बजी मतदान समाप्त हुनेछ।
मिजोरमका मुख्यमन्त्री जोरमथंगाले मिजोरम विधानसभा चुनाउको निम्ति मतदान केन्द्र 19- आइजोल वेंगलाई-आईवाईएमए हलमा आफ्नो भोट हाले। अहिलेसम्म राज्यमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
हिन्दुस्थान समाचार/बिशाल
