काठमाडौं, 07 नोभेम्बर (हि.स.)। नेपालमा शुक्रवार आएको भुॅंइचालोपछि लगातार रूपमा आफ्टर शक आउने क्रम जारी छ। गत 72 घण्टामा 450 भन्दा धेरैपल्ट आफ्टर शक आइरहेका छन्। यसमा 4 रिक्टर स्केलको झट्का 10 पल्ट आएको छ। सोमवार सॉंझ आएको झट्का पनि यस्तै थियो। बारम्बार लागिरहेको झट्काका कारण मानिसहरूमा भयको स्थिति छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार, शुक्रवार राति 11ः47 बजी जाजरकोटको रामीडॉंडालाई केन्द्र बनाएर आएको 6.4 रिक्टरको भुॅंइचालोपछि सोमवार मध्य रातिसम्म 456 पल्ट पराकम्प आइसकेको छ। यसमा 4 रिक्टर स्केलभन्दा ठूला 10 झट्का सामेल छन्। सोमवार सॉंझ 5.8 र 4.5 रिक्टर स्केलमा आएको झट्का पनि त्यसैको हिस्सा हो।
अर्कोतिर, सोमवार सॉंझ आएको भुॅंइचालोमा 13 जना घाइते भएको र लगभग एक दर्जन घर क्षतिग्रस्त भएको खबर छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, लगातार रूपमा आइरहेको पराकम्पका कारण अगावै क्षति पुगेका घरहरू ध्वस्त बन्ने खतरा बनेको छ। यी क्षेत्रहरूमा मानिसहरू अझै पनि आफ्ना घरहरूमा बस्न डर मानिरहेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
