जोधपुर, 06 नोभेम्बर (हि.स.)। प्रदेशका मुख्यमन्त्री अशोक गहलोतले सोमवार बिहान सरदारपुरा सीटबाट आफ्नो नामाङ्कन दर्ता गराए। उनले यसपूर्व आफ्नी दिदीसित भेट गरी उनको आशीर्वाद लिए अनि पछि कलेक्टरेट कार्यालयमा पुगेर नामाङ्कन दर्ता गराए। नामाङ्कन पश्चात गहलोतले मीडियालाई सम्बोधन गर्दै पाँच वर्षको सरकारका उपलब्धिहरू बताए, तर मीडियाको कुनै पनि प्रश्नको जवाफ दिएनन्।
प्रदेशको विधानसभा चुनाउको निम्ति नामाङ्कन दर्ता गराउने आज अन्तिम दिन हो। कलेक्टरेट परिसर प्रत्याशीहरूका समर्थकहरूले भरिएको थियो। राज्यका मुख्यमन्त्री अशोक गहलोत आज बिहान सरदारपुरा सीटबाट आफ्नो नामाङ्कन दर्ता गराउन कलेक्टरेट परिसरमा पुगे। यहाँ ठूलो संख्यामा उपस्थित उनका समर्थकहरूले व्यापक नाराबाजी गरे।
मुख्यमन्त्री गहलोतले नामाङ्कन दर्ता गराए उपरान्त मीडियासितको बातचितमा भने, उनको सरकारले धेरैवटा विकास कार्य गऱ्यो जसको प्रभाव सारा देशभरि परेकोछ। आज राजस्थानको चर्चा देशभरि नै भइरहेको छ। आज राजस्थान देशकै अग्रणी प्रदेशहरूमा सामेल हुन पुगेको छ। गाउँदेखि नगरसम्म विकास भएको छ। कलेज एवं अस्पतालहरूको संख्या बढ़ेको छ। उनले जन सेवकको रूपमा आफ्नो धर्म निर्वाह गरिरहेका छन्।
मीडियासितको बातचितमा गहलोत मीडियाका प्रश्नहरूको जवाफ दिनदेखि टाँढ़िए। केन्द्रिय जाँच एजेन्सीहरूद्वारा भइरहेका जाँचहरूलाई लिएर भने उनले जवाफ दिँदै भने, यसको जवाफ जनताले दिनेछन्। यसपालिको चुनाउमा पनि अनि आगामी लोकसभा चुनाउमा पनि। मुख्यमन्त्रीले दाबी गरे, सरकार पुनः दोहोरिरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
