खरसाङ, 06 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ प्रगति संघको आयोजनामा स्थानीय सिटोङ जन मैदान (38 ग्राउण्ड) मा दुई दिवसीय वार्षिक क्रीडा उत्सव 2023 आयोजना गरिने भएको छ। उक्त दुई दिवसीय वार्षिक क्रीडा उत्सव 2023 आगामी 09 अनि 10 दिसम्बर 2023 को दिन सम्पन्न हुने भएको छ।
स्मरण रहोस्, सिटोङ प्रगति संघले वार्षिक रूपमा नै खेलकूद कार्यक्रम आयोजना गर्दै आइरहेको छ। संघका सभापति निरण छेत्रीले यस विषयमा पत्रकार भेला बोलाएर वर्तमान समयमा युवाहरू विभिन्न प्रकारको कुलततिर लागेर साथै मोबाइल फोनमा समय बिताउने गरेकाले ती कुलतहरूबाट छुटकारा दिलाउने एउटै उपाय खेलकूद रहेकोले बताए। ती युवाहरूलाई हौसला दिनको निम्ति खेलकूद कार्यक्रम आयोजना गर्दै आइरहेको सुशील मुखियाले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार/हनोक
