रांची, 31 अक्टोबर (हि.स.)। झारखण्डमा मंगलवार बिहान भुॅंइचालोको झट्का महसुस गरियो। यसको केन्द्र उप राजधानी दुमकादेखि 24 किलोमिटर उत्तर-उत्तर पूर्व क्षेत्रमा जमिनदेखि पॉंच किलोमिटर मुनि थियो। भुॅंइचालोले ज्यानमाललाई क्षति पुगेको सूचना छैन।
भारतीय मौसम विज्ञान विभागको रांची केन्द्रका निदेशक डा. अभिषेक आनन्दले दुमकामा भुॅंइचालोको झट्का महसुस भएको पुष्टि गरेका छन्। भुॅंइचालोको झट्का महसुस हुनसाथ मानिसहरू आफ्नो घरबाट बाहिर मैदानमा निक्लिएका थिए।
हिन्दुस्थान समाचार/भवानी
