नयाँ दिल्ली, 31 अक्टोबर : प्रवर्तन निदेशालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कथित दिल्ली उत्पाद शुल्क नीति घोटालाको सम्बन्धमा नोटिस जारी गरेकोमा भारतीय जनता पार्टीले इमानदारीमाथि प्रश्न तेर्साएको छ। केन्द्रियमन्त्री अनुराग ठाकुरले ईमानदारीको सर्टिफिकेट-लाई लिएर केजरीवालमाथि कटाक्ष गरे।
केन्द्रियमन्त्री ठाकुरले मङ्गलवार मीडियासित भने, जसले इमानदारीको सर्टिफिकेट दिन्थे उनका मन्त्रीहरू एकपछि अर्को गर्दै जेलमा थुनिएका छन् भने उनीहरूलाई जमानतसम्म दिइएको छैन। गत एक वर्षदेखिको अरविन्द केजरीवालले मनीष सिसोदिया, सत्येन्द्र जैन औ सञ्जय सिंहलाई इमानदारीको सर्टिफिकेट दिँदै आइरहेका छन्। सत्य कुरा त के हो भने उनी सत्तामा आएदेखि उनका नेताहरूलाई एकपछि अर्को भ्रष्टाचारमा लिप्त पाइएको छ। पछिल्लो आठ वर्षमा हेर्नु हो भने आम आदमी पार्टीले व्यापक भ्रष्टाचार गरेको छ।
उनले भने, आम आदमी पार्टीले दिल्लीदेखि लिएर पंजाबसम्म भ्रष्टाचार गरेको छ। आज स्थिति यहाँसम्म पुगेको छ कि उनका मन्त्रीहरूको संख्या जेलमा धेर छन् कि बाहिर! अरविन्द केजरीवालले अरूलाई सर्टिफिकेट बाँढ़्छन्, पार्टीको भ्रष्टाचारलाई लिएर भने ओंठ सिलाउँछन्।
