खरसाङ, 23 अक्टोबर (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले आगलागीका पीडित परिवारलाई च्यादर र काठ प्रदान गरी सहयोग गरेका छन्। यसै समष्टीको चिमनी क्षेत्रमा गत महिना 23 सेप्टेम्बरको दिन आगलागीमा परेर सुनिल प्रधानको दोकान नष्ट भएको थियो।
घटनामा सुनिल प्रधानको आय स्रोतको माध्यम दोकानमा आगो लाग्दा सबै सर सामानहरू जलेर नष्ट भएको थियो। उनले चिमनी देवराली ग्राम पञ्चायत र क्षेत्रीय सभासदलाई पनि सहयोग मागेका थिए। सभासद शेर्पाले सुनिल प्रधानलाई दोकान बनाउन च्यादर र काठ प्रदान गरेका छन्।
अब सुनिलले दोकान पुनः बनाउन पहल गर्ने भएको छ। उक्त सहयोग चिमनी को-अर्डिनेशन कमिटीको प्रतिनिधि दिनेश तामाङ लगायत अन्यहरूको उपस्थितिमा प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उक्त सहयोगको लागि सुनिल प्रधानले क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार/हनोक
