नयॉं दिल्ली, 28 फरवरी : इन्दिरा गॉंधी इन्स्टीट्यूट अफ् फिजिकल एजुकेशन एण्ड स्पोर्टस् साइन्सेज (आईजीआईपीईएसएस) ले दशौं पद्मश्री श्याम लाल मेमोरियल इन्विटेशनल महिला हकी टुर्नामेन्ट 2024 को उपाधि जितेको छ।
उपाधिको निम्ति खेलिएको स्पर्धामा आईजीआईपीईएसएसले दिल्ली यूनिवर्सिटी एलुमिनीलाई 4-2 ले हराएर उपाधि आफ्नो नाम गरेको छ। आईजीआईपीईएसएस टीमको तर्फबाट शालिनीले तीन र कंचनले एक गोल गरे। दिल्ली युनिवर्सिटी एलुमिनीको तर्फबाट दुवै गोल सोनालीले गरिन्।
म्यान अफ् द म्याचको पुरस्कार आईजीआईपीईएसएसकी खेलाड़ी शालिनीले प्राप्त गरिन्। यसैगरी, प्लेयर अफ् द टुर्नामेन्टको अवार्ड पनि आईजीआईपीईएसएसकी खेलाड़ी सोमवतीले जितिन्।
समापन समारोहका मुख्य अतिथि पूर्व हकी ओलम्पियन अशोक ध्यानचन्द र सांसद मनोज तिवारी थिए। समारोहको अध्यक्षता कलेजको गर्वनिङ बडीकी चेयरपर्सन सविता गुप्ताले गरेकी थिइन्।
