खरसाङ, 11 फरवरी : खरसाङमा पश्चिम बंगाल नेवार विकास बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आइतवार भएको दोस्रो क्वार्टर फाइनल खेलमा अलि बक्स 7 बिजयी बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको दोस्रो क्वार्टर फाइनल खेल अलि बक्स 7 र सिपाहीधुरामाझ सम्पन्न भएको थियो। उक्त खेलमा अवधि बक्स 7 5-3 को अन्तरले बिजयी बन्दै भीनसेन च्यालेञ्ज ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यान अफ् द म्याच सिपाहीधुराका खेलाड़ी माईकल राई चयन भएका छन्।
शनिवार भएको पहिलो क्वार्टर फाइनलमा हिल्स फुटबल एकाडमीले गोर्खा बोइजलाई पेनल्टी शूटआउटमा 5-3 ले पराजित गरेको थियो। यस सेभेन ए साइड नकआउट फूटबल टुर्नामेन्टको दुईवटा सेमिफाइनल 17 र 18 फरवरीमा हुनेछ भने फाइनल 25 फरवरीमा खेलाइने आयोजक समितिको पक्षमा अमीत प्रधानले जानकारी दिएका छन्।
टुर्नामेन्टका विजेता टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी उपविजेता टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
