– जेएलएन स्टेडियममा सेना प्रमुख जनरल मनोज पाण्डेले देखाए हरियो झण्डा
– म्याराथनमा 21.1 किमीको पहिलो श्रेणीलाई ‘कारगिल रन’ नाम दिइयो
नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। कारगिल युद्धमा ऐतिहासिक जितको स्मरणमा भारतीय सेनावे आइतवार दिल्लीमा ‘अनर रन-इण्डियन आर्मी भेटरन्स हाफ म्याराथन’- को आयोजन गऱ्यो। यस कार्यक्रमको उद्देश्य भारतीय सेनालाई आफ्ना अनुभवी सहयोगी औ युवाहरूमाझको सम्बन्धलाई बलियो बनाउनु रहेको छ। अनर रनमा देशभरिबाट सामेल भएका प्रतिभागीहरूले शहीद वीर सपूतहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रको योग्यता, क्षमता अनि उर्जामाथि प्रकाश पारे।
नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियमबाट शुरू भएको हाफ म्याराथनलाई सेना प्रमुख जनरल मनोज पाण्डेले हरियो झण्डा देखाए। ‘अनर रन’ चार श्रेणी अन्तर्गत आयोजना गरिएको थियो। हाम म्याराथनमा 21.1 किलोमीटरको पहिलो श्रेणीलाई ‘कारगिल रन’ नाम दिइएको थियो भने अन्य तीन श्रेणीहरू अन्तर्गत 10 किलोमीटरको दौड़लाई ‘टाइगर हिल रन’, 05 किमीको दौड़लाई ‘तोलोलिङ्ग रन’ औ 3 किमीको दौड़लाई ‘बटालिक रन’ नाम दिइएको थियो। कार्यक्रममा 14 हजारभन्दा अधिक सेवारत कर्मीहरू, दिग्गज, एनसीसी क्याडेट्स, सेनाकर्मीहरूका परिवार सहित विभिन्न आयु वर्गका उत्साही नागरिकहरूले भाग लिए।
उपसेना प्रमुख लेफ्टिनेन्ट जनरल एमवी सुचिन्द्र कुमार, एडजुटेन्ट जनरल औ अन्य वरिष्ठ सैन्य नेतृत्वको साथमा अनुभवी ब्लेड रनर मेजर डीपी सिंह र विश्वविख्यात एथलिट सूबेदार अविनाश साबले पनि म्याराथनमा दौड़िए। आर्मी भाइभ्स वेलफेयर एसोसिएशन (आभा)- की अध्यक्ष अर्चना पाण्डे और अन्य सैन्यकर्मीहरूका पत्नीहरूले पनि भाग लिए। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले विभिन्न श्रेणीका विजेताहरूलाई पदक, प्रमाण पत्र अनि आकर्षक पुरस्कारद्वारा सम्मानित गरे।
यस अवसरमा कारगिल युद्धमा भारतीय सेनाले विजय हासिल गरेको जानकारी गराउनका लागि भारतीय सेनाद्वारा एक प्रदर्शनीको पनि आयोजना गरिएको थियो। भारतीय सेनाले यस भव्य आयोजनको सफलताको लागि दिल्लीका मानिसहरू, नागरिक प्रशासन,शहर अनि यातायात पुलिस, सबै प्रतियोगीहरू, कार्यकर्ताहरू साथै सम्मानित अतिथिहरूलाई हार्दिक धन्यवाद दिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
