
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। देशका वरिष्ठ हिन्दी साहित्यकार से.रा. यात्रीको आज बिहान निधन भयो। उनले गाजियाबादको कवि नगरस्थित आफ्नो घरमा अन्तिम सास लिए। से.रा. यात्रीको अन्तिम संस्कार हिँडन श्मशान घाट (गाजियाबाद)-मा आज अपरान्ह तीन बजे हुनेछ। उनी विगत केही समयदेखिको बिरामी परेका थिए। सो जानकारी उनका परिवारका निकटवर्ती अधिवक्ता प्रवीणले दिएका हुन्।
10 जुलाई, 1932-मा उत्तर प्रदेशको मुजफ्फरनगरमा जन्म ग्रहण गरेका सेवा राम यात्री साहित्यको दुनियाँमा से.रा.यात्रीको नामले ख्यातिलब्ध भए। उनले लगभग 18 कथा सङ्ग्रह, 33 उपन्यास, दुई व्यङ्ग्य सङ्ग्रह लेखेका छन्। यस अतिरिक्त उनले एउटा कथा सङ्ग्रह र संस्मरण कृतिको सम्पादन पनि गरेका छन्।
उनका उपन्यासहरूमा ‘दराजों में बंद दस्तावेज’, ‘लौटते हुए’, ‘कई अंधेरों के पार’, ‘अपरिचित शेष’, ‘चांदनी के आरपार’, ‘बीच की दरार’, ‘टूटते दायरे’, ‘चादर के बाहर’, ‘प्यासी नदी’, ‘भटका मेघ’, ‘आकाशचारी’, ‘आत्मदाह’, ‘बावजूद’, ‘अंतहीन’, ‘प्रथम परिचय’, ‘जली रस्सी’, ‘युद्ध अविराम’, ‘दिशाहारा’, ‘बेदखल अतीत’, ‘सुबह की तलाश’, ‘घर न घाट’, ‘आखिरी पड़ाव’ आदि, कथा सङ्ग्रहमा ‘केवल पिता’, ‘धरातल’, ‘अकर्मक क्रिया’, ‘टापू पर अकेले’ आदि, संस्मरणमा ‘लौटना एक वाकिफ उम्र का’ सामेल छन्।
उनका पत्नी उषा देवी, दुई पुत्रीको निधन भइसकेको छ। अब उनको परिवारमा एक पुत्री र दुई पुत्र आलोक यात्री अनि अनुभव यात्री छन्। से.रा. यात्रीलाई धेरैवटा पुरस्कारहरूद्वारा पुरस्कृत गरिएको छ। तीमध्ये ‘हैं-सेतु शिखर सम्मान’, ‘पिट्सबर्ग अमेरिका (2017)’, ‘महात्मा गांधी साहित्य सम्मान (2011)’, ‘सारस्वत सम्मान (2007)’, ‘साहित्य भूषण (2006)’ प्रमुख छन्।
हिन्दुस्थान समाचार/उष्णता
