नयाँ दिल्ली, 30 नोभेम्बर (हि.स.)। शाहदरा जिल्लाको मानसरोवर पार्क क्षेत्रमा एक विवाह समारोहमा गोली चलेको कारणले 17 वर्षीय किशोरको मृत्यु भयो। घटना गए शनिवार अबेर राती कम्युनिटी सेन्टर, डीडीए मार्केट नजिक भएको हो जहाँबाट जन्ती गइरहेको थियो।
सूचना पाउनसाथ पुलिसले घटनास्थला पुगेर क्राइम टीमलाई बोलायो। जाँचमा थाहा लाग्यो, न्यू मोडर्न शाहदरा निवासी 17 वर्षीय किशोर जन्तीहरूमाझ भएको झगड़ामा गोली लागेर घाइते भयो। उसलाई तत्कालै हेडगेवार अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
पुलिसले यस मामिलामा एकजना आरोपीलाई चिन्हित गरी उसलाई पक्राउ गरेको छ। आरोपी सीआईएएसएफमा हेड कन्स्टेबलको रूपमा कार्यरत छ जो वर्तमानमा कानपुर उप्रमा तैनाथ छ। पुलिसले उसको कब्जाबाट पेस्तोल जफत गरेको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार आरोपी र किशोरबीच अचानक विवाद भयो, पछि विवाद बढ़ेर गोलीकाण्डसम्म पुग्यो। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
