
कोलकाता, 04 जनवरी (हि.स.)। कोलकाता महानगर लगायत राज्यका अन्य ठाउॅंहरूमा अहिले जाडो निकै बढेको छ। मौसम विभागले बिहिवार जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री धेरै हो।
यस अतिरिक्त हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा, झाड़ग्राम, मुर्शिदाबाद, मालदामा बाक्लो कुहिरो लाग्न थालेको भने तापक्रम पनि 10 देखि 13 डिग्री सेल्सियसबीच रहेको छ। यो हप्ताको अन्तिमसम्म तापक्रममा ह्रास जारी रहने बताइएको छ।
यसरी नै उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि जाडो निकै बढेको छ। मौसम विभागले आगामी हप्तादेखि तापक्रममा हल्का बढोतरी शुरू हुन सक्छ। 14 जनवरी, मकर संक्रान्तिदेखि तापक्रम बढ्न शुरू हुन सक्नेछ र जाडोको विदा हुनेछ।
हिन्दुस्थान समाचार/भवानी
