भोपाल, 28 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको रायसेन जिल्लामा एकजना 6 वर्षीय बालिकासित भएको दुष्कर्म जस्तो जघन्य अपराधले सारा प्रदेशलाई हल्लाइदियो। अब यस मामिलामा आरोपीलाई पुलिसले अन्ततः पक्राउ गरेको छ। दुष्कर्म गर्ने मानवरूपी राक्षस सलमानको शुक्रवार बिहान शर्ट एनकाउन्टर भयो। आरोपीको खुट्टामा गोली लागेको छ र उसलाई घाइते अवस्थामा अस्पतालमा भर्ती गरिएको छ। रायसेन एसपी आशुतोष गुप्ताले यस घटनाको पुष्टि गरेका छन्।
बालिकासित दुष्कर्म गरेपछि भागेको 30 हजार रुपियाँको इनामी अपराधी सलमानलाई भोपालको गान्धीनगर क्षेत्रमा वार्ड नम्बर-11 निकट एउटा चियाको दोकानबाट गए बिहीवार अबेर राती पक्राउ गरियो। मानिसहरूले आरोपीलाई चिनेपछि तुरून्तै गान्धीनगर पुलिसलाई सूचना दिए। सूचना पाउनसाथ भोपाल पुलिसको टीमले घटनास्थलमा पुगेर सलमानलाई समात्यो। त्यसपछि उसलाई रायसेन पुलिसलाई सुम्पिदियो। शुक्रवार बिहान गौहरजंग र भोपाल पुलिसको स्पेशल जोइन्ट टीम उसलाई लिएर रायसन तर्फ प्रस्थान भयो। भोपालदेखि गोहरजंग जाँदैगर्दा भोजपुरको प्रसिद्ध शिव मन्दिर नजिक किरत नगरको वन्य क्षेत्रमा पुलिसको वाहन अचानक पञ्चर भयो। वाहन रोकिएपछि पुलिसका जवानहरू तल उत्रेर टायर हेर्न थाले। यसै अवधि मौका छोपी आरोपी सलमानले अचानक सब-इन्स्पेक्टरको सर्भिस रिवल्वर खोसेर पुलिसकर्मीहरूमाथि गोली चलाउन थाल्यो। बचाउंमा पुलिसको पक्षबाट पनि जवाफी फायरिंग गरियो जसमा एउटा गोली सलमानको दाहिने खुट्टामा लाग्यो।
एसपी आशुतोष गुप्ताले भने, “आरोपीले पुलिसमाथि हमला गर्न चाहन्थ्यो साथै भाग्ने प्रयास गरिरहेको थियो। जवानहरूले आफ्नो पक्षबाट साथीहरूको ज्यान बचाउनको लागि नियमानुसार गोली चलाए। सम्पूर्ण घटनाको मेजिस्ट्रियल जाँच गराइनेछ।”
अर्कोतिर अबोध पीड़िता हाल भोपालको अस्पतालमा उपचाराधिन छे र उसको अवस्था गम्भीर रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
