नयाॅं दिल्ली, 28 नोभेम्बर (हि.स.)। मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) बारे कंग्रेस पार्टीले लगाएको आरोपलाई अस्वीकार गर्दै भारतीय जनता पार्टी (भाजपा) ले यसलाई देशको माहौल बिगार्ने कोशिश ठहर गरेको छ।
भाजपा महासचिव तरुण चुगले भने, गान्धी–नेहरू परिवारको दरबारमा स्थान सुरक्षित राख्न कंग्रेसका चाटुकार नेताहरू राहुल गान्धीको झूट र भ्रमको राजनीतिलाई बढावा दिइरहेका छन्। उनका अनुसार, कंग्रेस र दिग्विजय सिंहको राजनीति पूर्णतः डर फैलाउने रणनीतिमा आधारित छ।
तरुण चुगले शुक्रबार भाजपा मुख्यालयमा पत्रकारहरूसँगको कुराकानीमा भने, “कंग्रेस सरकार र देशका संस्थाहरूलाई बदनाम गर्ने वास्तविक अपराधी बनिसकेको छ। अब एसआईआरबारे बयान दिँदै पुनः देशको वातावरण बिगार्ने प्रयास भइरहेको छ, जबकि कतै पनि धर्मका आधारमा कुनै भेदभाव भएको छैन। राहुल गान्धीको यो मुस्लिम लीग ब्रिगेड देशमा अन्धकार र तनाव सिर्जना गर्न खोजिरहेको छ।”
कर्नाटकमा मुख्यमन्त्रीको कुर्सीसँग सम्बन्धित घमासानबारे प्रतिक्रिया दिंदै चुगले भने, “कर्नाटक कंग्रेसभित्र भीषण आन्तरिक कलह र सत्तासंघर्ष चलिरहेको छ। सुशासन र विकास ठप्प छ, विवाद निरन्तर जारी छ। कंग्रेस सरकार कुर्सीकै लडाइँमा यति अल्झिएको छ कि जनतालाई भगवान भरोसामा छाडिएको छ।”
उल्लेखनीय छ, बिहार विधानसभा चुनाउमा हारपछि 4 घण्टे समीक्षात्मक बैठक समाप्त भएपछि कंग्रेस महासचिव केसी वेणुगोपालले चुनाउ आयोगमाथि मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) मार्फत लोकतान्त्रिक प्रक्रियालाई जानीजानी कमजोर पारेको
आरोप लगाएका थिए।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
