नयाँ दिल्ली, 8 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार मुख्यमन्त्री जनसेवा सदनमा आएका स्वच्छता ग्राहीहरूसितर क्षाबन्धनको पर्व मनाइन्। उनीहरूसित मिलेर ‘स्वच्छ दिल्ली, सुन्दर दिल्ली’- को संकल्पलाई उनले एकपटक फेरि दोहोराइन्।
मुख्यमन्त्री रेखा गुप्ताले यस अवसरमा भनिन्, ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्रता’ अभियानमा स्वच्छता ग्रहीहरूको सक्रियता साँच्चै न प्रशंसनीय छ। यिनीहरू हाम्रो स्वच्छता अभियानका सहभागी मात्र नभएर यसको असली शक्ति, रीढ़ हुन्। यिनीहरूको (स्वच्छता ग्रही) मिहेनत दिल्लीलाई नयाँ रूप दिने निस्वार्थ प्रयास हो। यिनीहरूको समर्पण र अथक प्रयासलाई हृदयबाटै सलाम।
उल्लेखनीय छ, दिल्लीमा मुख्यमन्त्रीले ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्रता’ नाम दिएर स्वच्छता अभियान गत 1 अगस्तदेखि शुरू गरेकी छन्। यो स्वच्छता अभियान आगामी 31 अगस्तसम्म चल्नेछ। अगस्त महिनाभरि नै सचालन हुने यस अभियानमा दिल्ली नगरनिगम, दिल्ली नगरपालिका परिषद औ दिल्ली सरकारका कर्मचारीहरूले भाग लिरहेका छन्। मुख्यमन्त्रीले यस अभियानमा सबै दिल्लीवासीहरूलाई सहभागी हुने आग्रह गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
