नगाउॅं, 12 नोभेम्बर (हि.स.)। असमको नगाउॅं जिल्ला अन्तर्गत सामागुडी गेरुवामुखबाट पुलिसले भारी मात्रामा ड्रग्स तथा नगदको साथमा एक महिला तस्करलाई पक्राउ गरेको छ। पुलिसले आज दिएको जानकारी अनुसार, सामागुडीको खाटोवाल र सामागुडी पुलिसको संयुक्त अभियानमा गेरुवामुख नाथगाउॅंकी हलीमा खातून नामक महिलालाई पक्राउ गरिएको छ।
पक्रा पर्ने महिलाको घरमा चलाइएको अभियान अवधि 36 साबुनदानीमा बन्द ड्रग्स भेटिएको छ। जफत गरिएको ड्रग्सको मूल्य 10 लाख रूपियॉंभन्दा धेरै रहेको बताइएको छ। पुलिसले ड्रग्स व्यापारमा प्रयोग गरिएको वाहन र मोटरसाइकल पनि जफत गरेको छ।
आरोपित महिलाबाट एक लाख 90 हजार रूपियॉं पनि बरामद गरिएको छ। यस क्रममा अझ धेरै जानकारी प्राप्त गर्न पुलिसले महिलालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार
