नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। गलगोटिया विश्वविद्यालय नोएडा (उत्तर प्रदेश)- को तत्वावधानमा आयोजित चौथो विश्व पर्यावरण शिखर सम्मेलन (वर्ल्ड इनभायरमेन्ट समिट-2023)- मा इनभायरोमेन्ट एण्ड सोशल डेभलपमेन्ट एसोसिएशनको ‘पर्यावरण विभूषण’ सम्मानद्वारा देशका प्रथम जलयोद्धा उमाशङ्कर पाण्डेयलाई अलकङ्कृत गरियो। नेशनल ग्रीन ट्रिब्यूनलका सदस्य न्यायमूर्ति सुधीर अग्रवालले पाण्डेयलाई सो सम्मान प्रदान गरे।
यस अवसरमा ‘चिपको आन्दोलन’-का प्रमुख स्तम्भ पद्भूषण चण्डी प्रसाद भट्ट, पद्मभूषण डा. अनिल प्रकाश जोशी, 22 राज्यहरूका विशेषज्ञ औ केही देशहरूका प्रकृति प्रेमीहरूको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, जखनी जलग्रामका उमाशङ्कर पाण्डेयलाई जल संरक्षण सम्बन्धि पूर्खाको विधि ‘खेत पर मेड़-मेड़ पर पेड़’ जस्ता अभिनव अभियानको लागि हालैमा भारत सरकारको प्रमुख नागरिक सम्मानद्वारा राष्ट्रपति भवनमा अलङ्कृत गरिसकिएको छ। इनभायरोमेन्ट एण्ड सोशल डेभलपमेन्ट एसोसिएशनका अध्यक्ष उमेश चन्द्रा औ महासचिव डा. जितेन्द्र के. नागरले भने, उनीहरूले पद्मश्री उमाशङ्कर पाण्डेयलाई ‘पर्यावरण विभूषण’- ले सम्मानित गर्न पाउँदा गौरवान्वित महसूस गरिरहेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
