फिरोजाबाद, 20 अगस्त (हि.स.)। थाना जसराना क्षेत्र अन्तर्गत मंगलवार जुन छात्राको शव खेतमा भेटिएको थियो। उसको बाबूले नै बञ्चरोले गलामा हमला गरी हत्या गरेको थियो। घटनाको पछाड़ी प्रेम प्रसंगको मामिला अघि आएको छ। पुलिसले मंगलवार अबेर राति हत्यारोपी बाबूलाई पक्राउ गरेको छ।
अपर पुलिस अधीक्षक देहात त्रिगुण बिसेनले खुलासा गर्दै बताए, मंगलवार थाना जसराना क्षेत्रको गाउँ नगला जाट स्थित खेतमा यही गाउँकी निवासी किशोरी नेहा (17) को शव भेटिएको थियो। उसको गला काटेर हत्या गरिएको थियो। नेहा कक्षा 12औं छात्रा थिइ। यस मामिलामा थाना पुलिसले मामिला दर्ता गरी जाँच शुरू गऱ्यो। शवलाई पोस्टमार्टमको निम्ति पठायो। जाँचमा खुलासा भयो कि किशोरीको मेलजोल छिमेकी गाउँको एक युवकसित थियो। सोमवार अबेर राति उ युवकलाई भेट्न खेततिर गएकी थिइ। सोही अवधि उसको पिता इन्द्रपालले उसलाई खोज्दै घटनास्थलमा पुग्यो। खेतमा छोरीलाई प्रेमीसंग देखेर उ खूबै रिस्यायो औं बञ्चरोले छोरीको गलामा हमला गऱ्यो। जसबाट उसको घटनास्थलमै मृत्यु भयो।
एएसपीले बताए, हत्यारोपी बाबू इन्द्रपाललाई पक्राउ गरिएको छ। आरोपीले आफ्नो अपराध पनि स्वीकार गरेको छ। उसको निशानदेहीमा हत्यामा प्रयोग गरिएको बञ्चरो पनि जफत गरिएको छ। घटनासित सम्बन्धित अन्य साक्ष्य एकत्र गरी अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी
