नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को उपराष्ट्रपति पदको उम्मेदवार सीपी राधाकृष्णनले बुधवार नामांकन बुझाए। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, राजनाथ सिंह, नितिन गडकरी सहित एनडीएका सबै सहयोगी दलहरूका नेताहरू उपस्थित रहे। राधाकृष्णनको तर्फबाट 4 सेटको नामांकन प्रस्तुत गरियो, जसमा प्रधानमन्रीिं मोदी पहिलो सेटको प्रस्तावक रहे।
हिन्दुस्थान समाचार / भवानी थामी
