
कोलकाता, 25 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल पुलिसले 6 करोड़ रूपियाँभन्दा अधिक मूल्यको सुनको साथ तीन तस्करलाई पक्राउ गरेको छ। घटना नदिया जिल्लाको राणाघाट क्षेत्रको हो। पुलिस अनुसार, एक कारबाट 6.2 करोड़ रूपियाँ मूल्यको 11 सुनको बिस्किट जफत गरिएको छ। शुक्रवार राति भएको कारबाहीमा कारमा सवार तीन जनालाई पक्राउ गरियो।
पुलिसका एक अधिकारी अनुसार, एक गुप्त सूचनाको आधारमा कारबाही गर्दै धनतला क्षेत्रमा एउटा कारलाई रोकियो र त्यसबाट 6.2 करोड़ रूपियाँ मूल्यको लगभग 9.5 किलो ओजनको 11 सुनका बिस्किट जफत गरियो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिसले पक्रा परेका मानिसहरूसित सोधपुछ गरी उनीहरूका अन्य साथीहरूको पत्तो लगाउनमा जुटेको छ।
हिन्दुस्थान समाचार/भवानी
