हावड़ा, 7 जुलाई (हि.स.)। पश्चिम बंगालको बहुचर्चित पर्न ऱ्याकेट मामिलामा मुख्य आरोपी श्वेता खानविरूद्ध अब जालझेलको आरोप पनि लगाइएको छ। पश्चिम बंगाल पुलिसको जाँचमा थाहा लागे अनुसार श्वेताले जाली भारतीय दस्तावेज बनाएर भिन्न-भिन्न नामहरूमा ब्यांकको खाता खोलेकी थिई।
पुलिस अनुसार श्वेता खानले आधार कार्ड, मतदाता पहिचान पत्र (ईपीआईसी) औ प्यान कार्ड जस्ता दस्तावेजहरूलाई नक्कली नामहरू क्रमैले श्वेता खान, महसिना बेगम औ फुलतूसीमा बनाई। यी दस्तावेजहरूको आधारमा सम्बन्धित नामहरूमा ब्यांक खाता खोली जसलाई अब जालझेल मानिँदैछ।
पुलिसले अदालतमा जालझेलको साक्ष्य प्रस्तुत गर्दै यस मामिलामा जाँचबुझको लागि फेरि पुलिस हिरासतको माग गऱ्यो। अदालतले उसलाई पाँच दिनको पुलिस हिरासतमा पठाइदिएको छ।
उल्लेखनीय छ, मछिल्लो महिना पुलिसले यस मामिलामा श्वेता खान, उसको छोरा आर्यन खान र नाबालिक छोरीलाई पक्राउ गरेको थियो। एकजना आरोपी नाबालिक भएको कारणले उसलाई किशोर न्याय अधिनियम अन्तर्गत मामिला दर्ता गरी किशोर न्याय बोर्डमा सुम्पिइएको छ।
तीनैजना आरोपीहरूमाथि उत्तर 24 परगना जिल्लाकी एकजना महिलालाई छः महिनासम्म बन्धक बनाेर राखेको अनि बलजफ्ती पर्नोग्राफिक भीडियोमा भाग लिनदेखि अस्वीकार गरेको कारणले फलामको रडले निर्दयतापूर्वक कुटेको आरोप छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
