चण्डीगढ़, 16 अक्टोबर (हि.स.)। चण्डीगढ़ पीजीआईको आई सेन्टरमा सोमवार बिहान आगो लाग्दा भयको माहोल उत्पन्न भयो। फायर ब्रिगेडको भनाई छ, आगो निभाइएको छ। पीजीआईमा एक हप्तामा दोस्रो पल्ट आगो लागेको छ। यसअघि यहाँ सी ब्लकको कम्प्यूटर रूममा आगो लागेको थियो।
आज बिहान आई सेन्टरमा आगो लाग्दा क्षेत्रमा आतङ्कको माहोल बन्यो। रोगीहरूका साथ आएका परिजनहरूले वरिपरिका कमराहरूबाट रोगीहरूलाई बाहिर निकाल्नु शुरू गरे। सूचना पाउनसाथ पीजीआईका वरिष्ठ अधिकारी पनि घटनास्थलमा पुगे। यस दुर्घटनामा कुनैपनि रोगी हताहत भएको खबर छैन। आगो लागेको कारणहरूको अहिलेसम्म पत्तो लाग्न सकेको छैन।
हिन्दुस्थान समाचार/भवानी
